• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोना संक्रमण भएर एक ब्यवसायीको मृत्यु

सप्तरीमा कोरोना संक्रमण भएर एक ब्यवसायीको मृत्यु

राजविराज, २ साउन। कोरोनाका कारण सप्तरीमा एक ब्यवसायीको मृत्यु भएको छ । राजविराज नगरपालिका–६ का ७३ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति ११ बजे मृत्यु भएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

मुटु, थाईराड र प्रोष्टेडका रोगी रहेका दास करिव २५ वर्षदेखि विभिन्न रोगको औषधी सेवन गर्दै आएका थिए । असार ३० गते ज्वरो तथा स्वास प्रस्वास सम्वन्धि समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल लगिएको थियो ।

गोल्डेन अस्पतालमा निमोनियाँको समस्या देखिएको र कोरोना परिक्षण पश्चात मात्रै उपचार थाल्ने वताएपछि उनलाई धरान पुर्याईएको थियो । कोरोना परिक्षण र उपचार संगै भईरहेका वेला उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएपछि उनको मृत्यु भएको यादवले जानकारी दिए । उनको मृत्यु सँगै पत्निसहित परिवारका अन्य ६ जना सदस्यको स्वाव परिक्षणको तयारी भईरहेको र घरलाई सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको दाहसंस्कारको प्रकृया समेत थालिएको यादवले वताए ।

विरामी अवस्थामा रहेकी उनकी पत्निलाई उपचारका लागि गत चैत ५ गते भारतको दरभंगा लगिएको थियो । उनी घर फर्केसँगै परिवारका सवै सदस्य होम क्वारेन्टाईनमा वस्दै आएका थिए । सोहि क्रममा उनलाई कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।