• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको जागज मावि नमुना विद्यालयमा छनौट

मन्त्रालयको छनौटमा प्रदेश २ का ८ जिल्लावाट ११ विद्यालय
सप्तरीको जागज मावि नमुना विद्यालयमा छनौट

राजविराज १, साउन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १ सयवटा नमुना विद्यालय छनौट गरेको छ। मन्त्रालयको छनौटमा सप्तरीवाट एउटा विद्यालय परेको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार बुधबार बसेको बैठकले नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको हो। उक्त छनौटमा सप्तरीको वलानविहुल गाउँपालिका–६ स्थित जागज मावी पनि परेको उनले जानकारी दिए ।

मन्त्रालयको छनौटमा प्रदेश २ का ८ जिल्लावाट ११ वटा विद्यालय परेका छन् । सप्तरी, सिरहा र वाराका १/१ तथा अन्य ५ जिल्लाका २/२ वटा विद्यालय समावेश छन् ।

सिरहाको नवराजपुर गाउँपालिका –४ स्थित जनता मावी, धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित मावी धारापानी र औरही गाउँपालिका–६ स्थित शंकर जनता मावी, महोत्तरीको लोहरपट्टि नगरपालिका–१ स्थित रामवति जगदेव जनता मावी र औरही नगरपालिका–२ स्थित प्रसाद सिंह मावी पनि नमुना विद्यालयमा छनौट भएका छन् ।

यसैगरी, सर्लाहीको हरिपुर नगरपालिका–२ स्थित महावीर जनता मावी, वलरा–८ स्थित जनता मावी, वाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर मावी तथा रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावी र गजुरा नगरपालिका–९ स्थित श्री मावी सिमरा पनि नमुना विद्यालयमा छनौट भएको मन्त्रालयले जनाएको छ ।