• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मालपोत कार्यालयका नासु घुससहित पक्राउ

राजविराज, ३० असार । सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्वा कृष्ण बल्लभ ठाकुरलाई मङ्गलवार पक्राउ परेको छ ।
सुनसरीको इटहरी स्थित आयोगको कार्यालयवाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरी दिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानका लागि इटहरी स्थित आयोगको कार्यालय लगिएको छ ।