Top_Header_Right_Add

कृषकलाई राहत तथा व्यवसाय पुर्नस्थापन गर्न अनुदान

बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई चेक हस्तान्तरण
कृषकलाई राहत तथा व्यवसाय पुर्नस्थापन गर्न अनुदान

राजविराज, २९ असार । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा कोभिड–१९ को प्रभाव न्यूनिकरण गर्न कृषि ऋणको ब्याजमा राहत तथा व्यवसाय पुर्नस्थापन गर्न अनुदान कार्यक्रमको चेक हस्तान्तरण कार्य सप्तरीबाट थालिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा सोमवार आयोजित एक विशेष कार्यक्रमका बिच सम्वन्धित बैंक, सहकारी संस्था तथा फाइनान्सलाई ब्याज वापतको चेक हस्तान्तरण गरिएको हो । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उक्त चेकहरु सम्वन्धित बैंकहरुलाई हस्तान्तरण गराएका छन् ।
भाइरसको नियन्त्रण तथा रोकथामकालागि थालिएको बन्दाबन्दीका कारण कृषकहरुलाई परेको प्रभावलाई न्यून गर्न अनुदान कार्यक्रम थालिएको मन्त्री साहले जानकारी दिएका छन् । उनका अनुसार सप्तरीबाट सुरु गरिएको अनुदान कार्यक्रम प्रदेश २ का ८ ओटै जिल्लामा चेक हस्तान्तरण गरिनेछ । कार्यक्रममा बोल्दै मन्त्री साहले लकडाउनले गर्दा कृषि क्षेत्र सर्वाधिक प्रभावित भएकोले प्रदेश सरकारले समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषकहरुको मनोबल बढाउनकालागि आफु गम्भीर रहेको बताउँदै उनले भने ‘आउँदो बजेटमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ, कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन सम्पूर्ण किसानहरुको भूमिका आवश्यक छ ।’ मन्त्रालयमा बजेट अपुग भएका कारण आवेदन दिएका सम्पूर्ण किसानहरुलाई सुविधा उपलब्ध गर्न नसकिएको जानकारी दिँदै मन्त्री साहले यसलाई आगामी बजेटमा समेत निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम अन्तर्गत ब्याज अनुदानतर्फ ४ हजार ४ सय ९४ जना, कृषि बाली, व्यवसाय पुर्नस्थापनातर्फ १ सय ४१ जना र पशुपंक्षी अनुदानतर्फ १ सय ६६ जना कृषकलाई ९७ लाख ६० हजार ३ सय ४० रुपैयाँ गरी कुल ४ करोड २४ लाख ३७ हजार ५ सय ७२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरु गोबिन्द न्यौपाने, रुबी कर्ण, प्रमिला यादव लगायतको उपस्थिति थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer