• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोशीमा पानीको मात्रा थप–घट हुने क्रममा

सप्तकोशीमा पानीको मात्रा थप–घट हुने क्रममा

राजविराज, २७ असार । पहाडका जिल्लाहरुमा निरन्तर वर्षा भईरहेसँगै सप्तकोशी व्यारेजमा पानीको बहाव बढ्दैगएपछि सप्तरी र सुनसरी जिल्लाका केही वस्तीहरुलाई एलर्ट गरिएको छ ।
कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्नसक्ने भएको भन्दै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । कोशी व्यारेजमा पानीको बहाव थपघट हुने क्रममा रहेको र हालसम्म खतरामुक्त रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकृत आनन्द ठाकुरले जानकारी दिएका छन् ।
ब्यारेजको कुल ५६ ढोकाहरुमध्ये ३८ ओटा ढोका खोलिएको छ । पानीको बहाव २ लाख ५० हजार ९ सय १० क्युसेक प्रति सेकेण्ड रहेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्तीको एक सय भन्दा बढी घरमा एक फिटसम्म पानी जमेको सूचना अधिकारी ठाकुरले बताए ।