• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठी कोइलाडी गापाले पशुपालनमा बिना ब्याज ऋण दिने निर्णय पारित

तिलाठी कोइलाडी गापाले पशुपालनमा बिना ब्याज ऋण दिने निर्णय पारित

तिलाठी, २६ असार । सप्तरीको तिलाठी कोइलाडी गाउपालिकाको चौथो गाउँ सभा औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको छ ।
गाउँ सभाले चट्याङ्ग, आगलागी, शीतलहर, बाढी, सर्पदंश जस्ता प्रकोपको कारण ज्यान गुमाएका ब्यक्तिको परिवारलाई क्रिया खर्च स्वरुप रु. २५ हजार प्रदान गर्ने निर्णय गरेको हो । खाँडो खोलाले प्रत्येक बर्ष कटान, डुबान गरी करोडौंको धनजन क्षति गरिरहेको हुँदा सो नदीमा दुवैपट्टी बनाइएको बाँधलाई थप बलियो बनाउन खाँडो नदी नियन्त्रण आयोजना लगायतका अन्य सम्बन्धित निकायहरुमा सिफारिस साथ पठाउने निर्णय गरेको जनाईएको छ ।
कोरोनाबाट प्रभावित कृषकलाई सुविधा दिन गाईभैंसी पालन गर्न इच्छुक कृषकहरुलाई सहकारी संस्थामार्फत एक बर्षभित्रै फिर्ता गर्ने गरी बिना ब्याज ५० प्रतिशत निब्र्याजी ऋण दिन कृषक उत्थान घुम्ती कोष निर्माण गर्ने निर्णय गरिएको छ । उक्त निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आवश्यक कार्यविधि तयार गर्न गाउँपालिकालाई निर्देशन दिईएका छन् । गाउँपालिकाका सबै विद्यालयहरुमा विपद् जोखिम न्युनीकरण शिक्षालाई अनिवार्य गर्ने निर्णय गरिएको अध्यक्ष सिंहले जानकारी दिएका छन् ।
सभाको उद्घाटन सत्रमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई प्रशंसा पत्र प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बताएका छन् । यस्तै कोभिड १९ नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठी र को. बर्साइन, प्रहरी चौकी तिलाठी र को. बर्साइन, क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गर्ने तिलाठीका सन्तोष कुमार झा र रञ्जयकुमार यादव, मावि कट्टीका प्रधानाध्यापक विपीन झा र सन्तोषचन्द्र सिंह तथा वडा सचिवहरुलाई समेत सम्मान गरियो ।
क्वारेन्टीनमा जोखिम मोलेर खाना पकाई खुवाउने मावि कट्टीका कैलु मण्डल र लौनियाँका विरेन्द्र साह तथा गाउँपालिकाका एम्बुलेन्स चालक अमरेन्द्र देवलाई नगद दुई हजार एक सय रुपैयाँ, गम्छा र प्रशंसा पत्रले सम्मान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा गाउँ सभामा आयोजना गरियो ।