• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ३० जना, निको भएर घर फर्किए १ सय ४४ जना

सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ३० जना, निको भएर घर फर्किए १ सय ४४ जना

राजविराज, २२ असार । सप्तरीमा थप ६ जनामा कोरोना पोजेटिभको पुष्टि भएसँगै संक्रमितहरुको संख्या ३ सय ३० पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार बोदेवर्साईन नगरपालिकामा ४ जना, राजगढ गाउँपालिकामा १ जना र तिलाठी कोईलाडी गाउँपालिकामा १ जना संक्रमित थपिएको हो । हालसम्म राजविराज नगरपालिकामा १५ जना, कञ्चनरुप नगरपालिकामा २ जना, डाक्नेश्वरी नगरपालिकामा २५ जना, बोदेबर्साइन नगरपालिकामा ३७ जना, खडक नगरपालिकामा ७ जना, शम्भुनाथ नगरपालिकामा २ जना, राजगढ गाउँपालिकामा २२ जना, सुरुङ्गा नगरपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ५४ जना संक्रमित पाईएको छ ।
यस्तै अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा २७ जना, महदेवा गाउँपालिकामा १५ जना, सप्तकोशी नगरपालिकामा ६ जना, तिरहुत गाउँपालिकामा ६ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा ५ जना, बलान बिहुल गाउँपालिकामा ४४ जना संक्रमित रहेको उनले जानकारी दिएकी छिन् । ती संिक्रमितहरुमध्ये हालसम्म १ सय ३४ जना कोरोनालाई जितेर निको भई घर फर्केका छन् ।
हाल उपचारको क्रममा १ सय ८६ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमणको आशंकामा ५ हजार १ सय १८ जनाको स्वाब संकलन गरिएकोमा ४ हजार ९ सय ७६ जनाको स्वाब परीक्षण भईसकेको छ । आइसोलेसनमा हालसम्म १ सय ८६ जना भर्ना भएकोमा १ सय ४४ जना निको भएर घर फर्केका छन् ।
सप्तरी जिल्लामा १८ ओटै स्थानीय तहको ८६ ओटा क्वारेन्टाइनमा ३ हजार ८ सय बेड रहेको छ । क्वारेन्टाइनहरुमा २९ महिला तथा ३ सय ५ जना पुरुष गरी ३ सय ३४ जना रहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिएका छन् । उनका अनुसार क्वारेन्टाइनबाट हालसम्म ५८ जना फिर्ता भएका छन् ।