Top_Header_Right_Add

भारतीय सञ्चारमाध्यमको भ्रामक समाचारप्रति पत्रकार महासंघको गम्भीर आपत्ती

भारतीय सञ्चारमाध्यमको भ्रामक समाचारप्रति पत्रकार महासंघको गम्भीर आपत्ती

राजविराज, २५ असार । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक जनाएको छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पित पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघले ठहर गरेको छ । भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार–प्रसारको कडा शब्दमा भत्र्सना गरेका छन् ।
महासंघ प्रधानमन्त्री केपी शर्मा विरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न महासंघका महासचिव रमेश विटले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer