• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘ह्वाट द फ्लप’ प्रेस काउन्सिल र मधेशी आयोगमा उजुरी

‘ह्वाट द फ्लप’ प्रेस काउन्सिल र मधेशी आयोगमा उजुरी

राजविराज, २४ असार । कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द फ्लप शो’ कार्यक्रमका प्रस्तोता एवम् निर्मातालाई कार्वाहीको माग गर्दै प्रेस काउन्सिल नेपाल र मधेशी आयोगमा बुधबार उजुरी परेको छ ।
कार्यक्रममार्फत मधेशी समुदायको मानमर्दन एवम् भावनालाई अघात पुर्याउने खालको प्रस्तुती गर्दैआएको भन्दै डा. शरद सिंह यादवले बुधबार सरोकारवाला निकायहरुमा कार्वाहीको माग गर्दै उजुरी गरेका हुन् । उनले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र मधेशी आयोगका पदाधिकारीलाई भेटेर उजुरी दिएका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैआएको कार्यक्रममा मधेशी समुदायको मनोभावनामा चोट पुर्याउने खालको तल देखाउने, मानमर्दन गर्ने र समुदायको बारेमा गलत छवी उजागर गर्ने कार्यमा संलग्न दुवैलाई कार्वाही गर्न माग गरिएको छ । दुवै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ मा व्यवस्था भए अनुसार शान्तिमा खलल पार्न नहुने व्यवस्था रहेको भन्दै ऐनको दफा .(१) अनुसार कसैले लेखेर, बचनले वा आकार चिन्हद्वारा अरु कुनै किसिमको धर्म, वर्ण, जातजाती, सम्प्रदाय वा भाषाको आधारमा खलल पुर्याउने कार्य भएको भन्दै डा. यादवले दिएको उजुरीमा उल्लेख छ ।
ऐनको उपदफा (२) अनुसार दफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको उजुरीमा जनाईएको छ ।