Top_Header_Right_Add

क्वारेन्टाइनमा बसेकाहरुलाई कुट्ने प्रहरीमा कोरोनाको त्रास

क्वारेन्टाइनमा बसेकाहरुलाई कुट्ने प्रहरीमा कोरोनाको त्रास

राजविराज, २४ असार । प्रहरीले कुटपीट गरेका बोदेवर्साइन नगरपालिकाको क्वारेन्टाइनका व्यक्तिमा कोरोना पोजेटिभको पुष्टि भएपछि ईलाका प्रहरी कार्यालयमा रहेका प्रहरीमा समेत कोरोनाको त्रास बढेको छ ।
प्रहरीले कुटपीट गरेका ६ जनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको हो । केही दिनअघि वैदेशिक रोजगारबाट आएर बोदे बरसाईन नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ६ जनालाई मङ्गलवार राति प्रहरीले निर्घात कुटपीट गरेका थिए । बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहका अनुसार कुटिएका व्यक्तिहरुको बुधवार पिसीआर परीक्षण रिपोर्टमा २ जनामा संक्रमण देखिएकोे छ ।
क्वारेन्टाइन स्थल चन्द्रा नमूना माध्यमिक विद्यालयको गेड अगाडि बसिरहेका संक्रमित २ जनासहित बोदे बरसाइन नगरपालिका ९ का ३५ वर्षीय दिलिप यादव, वडा नम्वर १० का ३४ वर्षीय देवानन्द साह, सोही वडाका ३० वर्षीय रामानन्द साह र वडा नम्वर ७ का गजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटिएका प्रहरी जवान घनश्याम थापा मगर र छविलाल बम्जनले कुटपीट गरेका थिए । क्वारेन्टाइन बाहिर बसेका उनीहरुलाई भित्र बस्न भन्दै प्रहरीले कुटपीट गरेका थिए ।
घटनापछि कुटपीटमा संलग्न प्रहरी जवान थापा मगर र बम्जनलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले केही घण्टा बोदे बरसाईनकै थुनामा राखेर राति नै कडरबोनाको थुनामा ल्याइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिएका छन् । क्वारेन्टाइनमा रहेका व्यक्तिहरु बजारतिर हिलडुल गरिरहेको अवस्थामा देखिएपछि वुझाउन खोज्दा प्रहरीलाई नै अपशब्द प्रयोग गरेकाले सामान्य बल प्रयोग गरेको उनको दावी छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer