• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोरोनालाई जितेर ९ जना घर फर्किए

राजविराज, २३ असार । सप्तरीको विभिन्न स्थानीय तहका ९ जना कोरोना संक्रमितहरु निको भएर मङ्गलवार घर फर्केका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाका अनुसार निको भएर घर फर्किनेहरुमा छिन्नमस्ता गाउँपालिकाका ३ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ३, बलान बिहुल गाउँपालिकाका २ जना र राजविराज नगरपालिकाका एक जना रहेका छन् । .
कोरोनालाई जितेर घर फर्कनेहरुमध्ये एक जनालाई कलेजोको क्यान्सर रहेको अवस्थामा पनि कोरोनालाई जितेर घर पठाउन पाउँदा आफु अत्यन्तै खुशी भएको डा. झाले बताए । देशकै सबै भन्दा ठुलो आइसोलेसन केन्द्र (एकै ठाउँमा एक सय ७३ शैय्या) बाट सेवा लिएर हालसम्म १ सय ६२ जना निको भएर घर फर्केका छन् । यसपछिको दोस्रो ठूलो आइसोलेसन चितवनामा १ सय ३५ बेडको रहेको डा. झाले जानकारी दिएका छन् ।
अहिले भर्ना भइ बसेकाको संख्या १ सय ४९ सेवा लिई घर फर्केका छन् । हालसम्म उक्त आइसोलनेसनमा ३ सय १२ जना भर्ना भएका छन् ।