बृजमान तामाङ
बिरेन्द्र बजार, २३ असार । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित बिरेन्द्र बजारमा मङ्गलबार दुई पक्ष बिच झडप हुँदा दुई जना घाइते भएका छन् ।
लेनदेनको विषयलाई लिएर भएको विवादमा स्थानीय रणजित भगत र दिलिप दास घाइते भएका हुन् । घाइते दुबैजना अस्पताल भर्ना भएका छन् । घाइते भगतको स्थानीय युनिक अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
अर्का घाईते दासलाई उपचारकालागि बिराटनगर लगिएको उनका परिवारजनले जनाएको छ । झडपमा दुबैपक्षका परिवार बिच कोर्रा हानाहान भएको थियो । आपसी लेनदेनमा भगत र दास बिच किचलो भएपछि झडप भएको बुझिएको छ । घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।