Top_Header_Right_Add

सप्तरीमा थपियो १८ कोरोना पोजेटिभ, संक्रमित संख्या ३ सय २१ पुग्यो

सप्तरीमा थपियो १८ कोरोना पोजेटिभ, संक्रमित संख्या ३ सय २१ पुग्यो

राजविराज, २२ असार । सप्तरीमा थप १८ जनामा कोरोना पोजेटिभको पुष्टि भएसँगै संक्रमितहरुको संख्या ३ सय २१ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार राजविराज नगरपालिकामा १५ जना, कञ्चनरुप नगरपालिकामा २ जना, डाक्नेश्वरी नगरपालिकामा २५ जना, बोदेबर्साइन नगरपालिकामा ३३ जना, खडक नगरपालिकामा ७ जना, शम्भुनाथ नगरपालिकामा २ जना, राजगढ गाउँपालिकामा २० जना, सुरुङ्गा नगरपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ५४ जना संक्रमित पाईएको छ ।
यसैगरी अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा २७ जना, महदेवा गाउँपालिकामा १५ जना, सप्तकोशी नगरपालिकामा ६ जना, तिरहुत गाउँपालिकामा ६ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ४२ जना, रुपनी गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा १ जना, बलान बिहुल गाउँपालिकामा ४४ जना संक्रमित रहेको उनले जानकारी दिएकी छिन् । ती संिक्रमितहरुमध्ये हालसम्म १ सय ३४ जना कोरोनालाई जितेर निको भई घर फर्केका छन् ।
हाल उपचारको क्रममा १ सय ८७ रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमणको आशंकामा ४ हजार ८ सय ८९ जनाको स्वाब संकलन गरिएकोमा ४ हजार ६ सय ६८ जनाको स्वाब परीक्षण भईसकेको छ ।
सप्तरी जिल्लामा १८ ओटै स्थानीय तहको ८६ ओटा क्वारेन्टाइनमा ३ हजार ८ सय बेड रहेको छ । क्वारेन्टाइनहरुमा २९ महिला तथा २ सय ६६ जना पुरुष गरी २ सय ९५ जना रहेको जनस्वास्थ्य प्रमुख यादवले बताएका छन् । उनका अनुसार क्वारेन्टाइनबाट हालसम्म ४६ जना फिर्ता भएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer