Top_Header_Right_Add

क्यान्सरको स्क्रीनिङ्ग सम्बन्धी अभिमुखिकरण

क्यान्सरको स्क्रीनिङ्ग सम्बन्धी अभिमुखिकरण

राजविराज, २२ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा महिलाहरुमा हुने फिस्टुला, स्तन क्यान्सर तथा सर्भाइकल क्यान्सरको स्क्रीनिङ्ग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी तथा महिलाहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र तोपाका डा. प्रकाश सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, कल्पना मण्डल र चन्द्रा नेपालीले सहजिकरण गरेका छन् ।
अभिमुखिकरण पश्चात बुधबार प्राथमिक स्वास्थ्य केन्द्र तोपामा त्यस्ता समस्या भएका महिलाहरुकोलागि स्क्रीनिङ्ग शिविर सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत भूपेन्द्र झाले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer