• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सञ्चार विधेयकप्रति विरोध जनाउँदै राजविराजमा प्रदर्शन

सञ्चार विधेयकप्रति विरोध जनाउँदै राजविराजमा प्रदर्शन

राजविराज, २१ असार । हालै प्रदेश नम्वर २ सरकारले पारित गरेको सञ्चार विधेयकप्रति विरोध जनाउँदै सप्तरीका पत्रकारहरुले आईतबार विरोध जनाएका छन् ।
पत्रकारलाई जरिवाना तोक्नेदेखि संचार उपकरण जफ्त गर्ने नियमसहितको विधेयक पारित गरिएको भन्दै पत्रकारले राजविराजमा प्रदर्शन गरेका हुन् । विधेयकमा रहेका त्रुटीहरु नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।
समाचार लेखेकै कारण संचार उपकरण जफत गर्ने कुरा संविधानमै नभएपनि प्रदेश सरकारले संविधान विपरित यस्तो नियम राखेर विधेयक पारित गर्नु पत्रकारलाई थप समस्यामा पार्ने उनीहरुको भनाई छ । राजविराजको गजेन्द्र चोकमा जम्मा भएका पत्रकारले ‘निरंकुश शैलीको सञ्चार विधेयक खारेज गर, सामाजिक सञ्जालमा लेखेकै कारण कार्वाही गर्ने प्रावधान खारेज गर, सञ्चारकर्मीलाई दबाउन र तर्साउन पाइँदैन, उपकरण जफत गर्ने असंवैधानिक प्रावधान खारेज गर, पत्रकारलाई १० देखि २० हजार जरिवाना तिराउने प्रावधान खारेज गर, प्रेस स्वतन्त्रता कायम गर’ सहितका नारा लेखिएको प्लेकार्ड बोकेर राजविराजमा प्रदर्शन गरेका छन् ।