• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनता समाजवादी पार्टीद्वारा खडक नपामा विरोध प्रदर्शन

जनता समाजवादी पार्टीद्वारा खडक नपामा विरोध प्रदर्शन

राजविराज, १९ असार । नागरिकता विधेयक खारेजी लगायतका मागहरु राख्दै जनता समाजवादी पार्टी खडक नगरपालिका समितिद्वारा शुक्रवार वृहत विरोध प्रदर्शनसहित प्रधानमन्त्रीको पुतला दहन गरिएको छ ।
कल्याणपुर स्थित उच्च माध्यमिक विद्यालय अगाडिबाट निकालिएको विरोध जुलुस स्थानीय गोल चौकमा पुगेर प्रधानमन्त्रीको प्रतिकात्मक पुतला दहन गरिएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुले विभेदकारी नागरिकता विधेयक खारेज गर, सदियौंदेखि सम्वन्ध तोड्न पाईदैन, सांस्कृतिक सम्वन्धलाई विगार्न पाईदैन, बेटीरोटीको सम्वन्ध तोड्न पाईदैन, भ्रष्टाचार अन्त्य गर लगायतका नाराहरु लगाउँदै पुतला दहन गरिएको स्थानीय युवा अभियानी धर्मनाथ यादवले जानकारी दिएका छन् ।
उनका अनुसार पुतला दहन पश्चात आयोजित विरोध सभामा खडक नगरपालिकाका मेयर समेत रहेका युवा नेता हेमायु हक, पार्टीका नेताहरु दिनेश कुमार यादव, दिनेश यादव, विनोद कुमार चौधरी, ननु चौधरी लगायतले नागरिकता सम्वन्धी विधेयक अविलम्ब फिर्ता लिन माग गरेका छन् ।