• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
करेन्ट लागेर महिलाको करेन्ट लागेर मृत्यु

राजविराज, १९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–७ बनिया टोलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
श्याम गुप्ताको ४५ वर्षिया पत्नी राजदेवी गुप्तालाई आफ्नै घरको ट्युवेलमा जडान गरिएको मोटरको तारबाट करेन्ट लागेको हो । करेन्ट लागेर अचेत भएकी उनलाई उपचारकोलागि राजविराज ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।