• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कोरोना भाइरसबाट जोगिन सजगता आवश्यकः अध्यक्ष सिंह

कोरोना भाइरसबाट जोगिन सजगता आवश्यकः अध्यक्ष सिंह

राजविराज, १९ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरस चुनौतीको रुपमा रहेको भन्दै आमजनता सजग रहनुपर्नेमा जोड दिएका छन् ।
तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा मन्तब्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । कोरोना संक्रमणबाट जोगिन व्यक्तिगत सतर्कता अपनाउनु नै सबैभन्दा उत्तम विकल्प भएको उनले बताए ।
अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको भन्दै सामाजिक दूरीका साथै सतर्कता अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ का अध्यक्ष दिनेश्वर मिश्र, अस्पतालका उपाध्यक्ष तथा आर्ट अफ लिभिङ्गका निर्देशक ईन्जिनियर किशोर कुमार झालगायतकाले मन्तब्य व्यक्त गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा आठ वटै स्वास्थ्य संस्था प्रमुख, छिन्नमस्ता गाउँपालिकाको वरही विरपुर र लोखरम स्वास्थ्य संस्था, राजविराजनगरपालिका वडा नं. १३ र १५, भारदह अस्पताल र बरमझिया स्वास्थ्य संस्थालाई ब्यक्तिगत सुरक्षा उपकरण, साबुन र मास्क वितरण गरिएको अस्पतालका मनोज कुमार झाले जानकारी दिएका छन् ।