राजविराज, १९ असार । सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठ स्थितको पोखरीमा डुबेर शुक्रवार एक बालकको मृत्यु भएको छ ।
आफ्ना साथीहरुसँग पोखरीमा नुहाउने क्रममा राजेन्द्र साहको ११ वर्षिय छोरा नन्दकिशोर साहको पोखरीमा डुबेर मृत्यु भएको हो । उक्त पोखरीमा डुबेर घाईते भई अचेत अवस्थामा उपचारकोलागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।