• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषधसहित दुई जना पक्राउ

राजविराज, १९ असार । सप्तरीको राजगढ गाउँपालिकाको वडा नम्वर–२ बनैनिया स्थित भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागु औषध सहित दुई जनालाई सशस्त्र प्रहरीले बरामद गरेको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नम्वर–४ लालापट्टीका २१ वर्षिय कृष्ण यादव र बोदेबर्साइन नगरपालिका वडा नम्वर–३ का २२ वर्षिय सुनिल कुमार यादवलाई लागु औषधसहित पक्राउ गरिएको हो । प्रदेश २–००१–००१ प ५३९४ नम्वरको २२० सि.सि. कालो पल्सर मोटरसाईकलमा औषध ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी वेश क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाईकल र लागु औषध नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाईएको थियो । उनको साथबाट डाइलेक्स डिसी, नाइट्राजिपाम लगायतका लागु औषध बरामद गरिएको छ ।
दुवैजनालाई बरामद गरिएको अवैध सामग्रीसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेरको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।