Top_Header_Right_Add

राजविराजको एक पसलमा चोरी

राजविराजको एक पसलमा चोरी

राजविराज, १८ असार । जिल्ला प्रशासन कार्यालय सप्तरीकै छेउमै रहेको एक पसलमा विहिवार विहान चोरी भएको छ ।

राजविराज नगरपालिका–७ का रमेश चौररियाले सञ्चालन गरेको किराना तथा माँ भगवति कम्युनिकेशनमा चोरी भएको हो । विहान करिब २–३ बजेको समयमा पसलको ढोका फुटाएर ३२ हजार नगद, ३ हजार बराबरको रिचार्ज कार्डसहित किरानका सरसमान चोरी भएको सञ्चालक चौररियाले बताए । उनले बजारमै चोरीका घटनाका हुन थालेपछि व्यवसायीहरुलाई तनाव थपिएकाले सुरक्षा गस्ती बढाउन प्रहरीलाई आग्रह पनि गरे ।

घटनाबारे जानकारी पाएसँगै घटना संलग्न रहेको आशंकामा एक जना युवकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer