• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एक सय सात जना कोरोनालाई जितेर घर फर्किए

राजविराज, १७ असार । सप्तरी जिल्लामा कोरोना पोजेटिभ भई आइसोलेसनमा भर्ना भएकाहरुमध्ये हालसम्म १ सय ७ जना निको भएर घर फर्केका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाका अनुसार कोरोना संक्रमित भई आइसोलेसनबाट मङ्गलवार मात्र १७ जना निको भएर घर फर्केका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका एक जना, बलान बिहुल गाउँपालिकामा ६ जना, राजविराज नगरपालिकामा एक जना, कञ्चनरुप नगरपालिकामा एक जना, छिन्नमस्ता गाउँपालिकामा एक जना, कोरोनालाई जितेर घर फर्केका छन् ।
हाल आइसोलेसनमा १ सय ७ जनालाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भईरहेको डा. झाले जानकारी दिएका छन् । उनका अनुसार यसअघि साइकृष्णा अस्पतालमा एक सय तीन ओटा बेड रहेकोमा ७५ ओटा बेड थपिएको छ । हाल आइसोलेसनमा १ सय ७८ ओटा बेड व्यवस्थापन गरिएकोमा डा. झाले जानकारी दिएका छन् ।