• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा कोरोना संक्रमितको संख्या दुई सय आठ

सप्तरीमा कोरोना संक्रमितको संख्या दुई सय आठ

राजविराज, १२ असार । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा गरी हालसम्म कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, बलान बिहुल गाउँपालिका ३४ जना, बोदेबर्साइन नगरपालिकामा ३४ जना, छिन्नमस्ता गाउँपालिकामा २३ जना संक्रमित पुगेको छ । यसैगरी राजगढ गाउँपालिकामा १८ जना, तिलाठी कोइलाडी गाउँपालिकामा १७ जना, राजविराज नगरपालिकामा १५ जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, तिरहुत गाउँपालिकामा ४ जना, सुरुङ्गा नगरपालिकामा ३ जना कोरोना संक्रमित पाईएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् ।
उनका अनुसार सप्तकोशी नगरपालिकामा २, कञ्चनरुप नगरपालिकामा २ जना, खडक नगरपालिकामा २ जना, शम्भुनाथ नगरपालिकामा १ जना, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा १ जना, विष्णुपुर गाउँपालिकामा १ जना र महदेवा गाउँपालिकामा १ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा भर्ना भएकाहरुमध्ये ७५ जना निको भएर घर फर्केका छन् । आइसोलेसन बेड संख्या १ सय ३ रहेको छ ।