Top_Header_Right_Add

शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन

शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन

कमल कुमार मण्डल
राजविराज, ९ असार । डा. सि. के. राउत नेतृत्व जनमत पार्टीको भातृ सङ्गठन शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ ।
सप्तरीको राजविराज स्थित जनमत पार्टी सप्तरीको कार्यालयमा मङ्गलवार आयोजना गरिएको एक कार्यक्रम बिच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा दिपक सिंह, सचिव शिव शंकर साह, सहसचिव ओम प्रकाश रजक, कोषाध्यक्ष ललिता सिंह रहेका छन् भने सदस्यमा विरेन्द्र, रामभरोस, सुधा, रमेश, जलेश्वर, खुशिलाल, शिवशंकर, रविन्द्र, रोशन, मनोज, राधेश्याम, शुनिल, पंकज, श्यामकुमार यादवलगायतका व्यक्तिहरुलाई चयन गरिएको छ । शिक्षक जनमत संघका केन्द्रिय सदस्य तिर्थानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रम जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सञ्चार प्रमुख एवम् सप्तरीका इन्चार्ज सुर्यदेव यादव, सोही पार्टीको केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष एवम गैर आवासिय मधेशी संघ कतारका प्रतिनिधि सुरेन्द्र नारायण यादव, जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान), जनमत युवा संघ सप्तरीका संयोजक मनोज यादव, राजविराज नगर संयोजक नारायण यादव, जनमत शिक्षक संघका केन्द्रिय सदस्य श्रवण कुमार शर्मा, लोकेन्द्र ठाकुर, रामकुमार शर्मालगायतले मन्तव्य व्यक्त गरे ।
जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेशीद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो । शिक्षा तथा पठन–पाठनको गुणस्तर बढाउन, शिक्षकहरुको हक हितकोलागि संघर्ष गर्नकालागि नै यो संगठन स्थापना भएको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer