राजविराज, ८ असार । सप्तरी जिल्लामा थप १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १७३ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा दुई जना, बलान बिहुल गाउँपालिकामा चार जना, राजगढ गाउँपालिकामा पाँच जना र राजविराज नगरपालिकामा दुई जनामा कोरोना संक्रमणको पुष्टि छ ।
हालसम्मको प्राप्त विवरण अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३७, बोदेबर्साइन नगरपालिकामा ३२, बलान बिहुल गाउँपालिकामा ३१, राजगढ गाउँपालिकामा १८, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १५, डाक्नेश्वरी नगरपालिकामा १२, खडक नगरपालिकामा ३, कञ्चनरुप नगरपालिकामा ३ जना संक्रमित रहेका छन् । यसैगरी सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा एक–एक जना कोरोना संक्रमित पाईएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाका अनुसार सप्तरीमा कुल संक्रमितमध्ये ७१ जना निको भएर घर फर्केका छन् भने साइकृष्णा अस्पतालको आइसोलेसनमा ८७ जनाको उपचार भईरहेको छ ।