पर्सा, ७ असार । भारतमा नेपालको झण्डा जलाएको विरोधमा जनता समाजवादी पार्टी नेपालको मुस्लिम भातृ सङ्गठनद्वारा पर्साको विरगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।
आदर्शनगर स्थीत पार्टी कार्यालयबाट आइतवार निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै घण्टाघरमा पुगेर वक्ताहरुले विरोध जनाएका छन् । नेपालको झण्डा जलाउने भारतीय नागरिकको बनाईएका फोटोहरु प्रदर्शनकारीहरुले तोडफोड गरिरहँदा पर्सा प्रहरीले लाठी चार्ज गरी केही मुस्लिम अगुवाहरुलाई हिरासतमा लिएका छन् ।
पक्राउ गर्ने क्रममा प्रदर्शनकारी र पर्सा प्रहरी बिच केहीबेर सामान्य वादविवाद उत्पन्न भएको थियो । जनता समाजवादी पार्टीको भातृ सङ्गठन, मुस्लिम संगठनका अध्यक्ष खैरुद्दिन हवारीको अध्यक्षतामा निकालिएको ¥यालीमा सामान्य प्रहरी हस्तक्षेप भएको थियो । केही कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध जनाउँदै पक्राउ परेकाहरुलाई यथासिघ्र रिहाईको माग गरिएको छ ।