राजविराज, २ असार । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–३ स्थित पत्रकार प्रिया सिंह थारुको घरमा सोमबार राती चोरी भएको छ ।
सोमवार राती घरमा कोही नभएको मौका छोपी ईन्भटर र ब्याट्री चोरी भएको पत्रकार थारुले जानकारी दिएका छन् । आफू काम विशेषले बिराटनगर गएको र श्रीमान पनि लाहान गएको मौका पारेर मुलढोकाको ताला फोरेर सामान चोरी भएको उनले बताईन ।
छिमेकीहरुले ढोका खुल्ला भएको भनी फोनमा जानकारी गरेपछि हेर्नु भन्दा दिउँसो १ बजे चोरी भएको आफुले थाहा पाएको पत्रकार थारुले जानकारी दिईन् । आफू बाहिर रहेकोले के कति सामान चोरी भएको हो ? सोबारे यकिन हुन नसकेको उनको भनाई छ । यसै बीच पत्रकार थारुको घरमा भएको चोरीप्रति नेपाल पत्रकार महासंघ सप्तरीले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव चन्दन कुमार यादवले मंगलबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै चोरहरुको पहिचान गरि कडा कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।
यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ पत्रकार थारुको घरमा चोरी भएको घटनाप्रति समेत दुःख व्यक्त गरेका छ्न । पत्रकार थारुको घरमा भएको चोरीको घटनाले शान्ति सुरक्षाको अवस्था उदाङ्गो भएको तामाङले बताएको छ ।