राजविराज, ३१ जेठ । मधेश ईन्जिनियर्स एसोसिएसन रौतहट जिल्ला कार्यसमितिद्वारा कोरोना संक्रमितहरुलाई ईलेक्ट्रिक जग उपलब्ध गराईएको छ ।
एसोसिएसन केन्द्रिय समितिले गरेको निर्णय अनुसार रौतहट जिल्ला कार्यसमितिले आइसोलेशनमा रहेको कोरोना संक्रमितहरुलाई ईलेक्ट्रिक जग वितरण गरिएको हो । रौतहट जिल्लामा रहेको राजपुर नगरपालिकामा २० थान, परोहा नगरपालिकामा १५ थान, इश्वरनाथ नगरपालिकामा १५ थान सहित आइसोलेशनका प्रमुखलाई उक्त सामान हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रदेश नम्बर दुईका वरिष्ठ उपाध्यक्ष ईन्जिनियर रघुनन्दन ठाकुर, जिल्ला अध्यक्ष ई राधाकृष्ण साह, जिल्ला सचिव ई ईनताज हुसेन, मिडिया संयोजक ई शुभम कुमार साह, गौर नगरपालिकाका संयोजक ई अविशेक कुमार गुप्ता, ईश्वरनाथ नगरपालिकाका संयोजक ई. सुनिल कुमार साह, राजपुर नगरपालिकाका संयोजक ई. साजिद आलम लगायतको उपस्थिति थियो ।