राजविराज, ३० जेठ । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा समेत गरी कोरोना संक्रमितको संख्या एक सय ३८ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार शुक्रवार हनुमाननगर कंकालिनी नगरपालिकामा एकै दिन १५ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ । योसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा संक्रमितको संख्या २७ पुगेको छ । यस्तै वोदेवर्साइन नगरपालिकामा एक जना थपिएसँगै संक्रमितको संख्या २४ पुगेको छ । खडक नगरपालिकामा २ जना थपिएसँगै संक्रमित संख्या ३ पुगेको छ ।
हालसम्मको प्राप्त विवरण अनुसार बलान बिहुल गाउँपालिकामा सर्वाधिक अर्थात २७ जना कोरोना पोजेटिभ पाईएको छ । छिन्नमस्ता गाउँपालिकामा संक्रमितको संख्या १५, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, कञ्चनरुप नगरपालिकामा २ जना शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, तिरहुत गाउँपालिकामा १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।