• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

राजविराज, २६ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर–७ मा २, ५ मा १, र ६ मा १ जना तथा कञ्चनरुप नगरपालिकामा २ जना समेत गरी ६ जना संक्रमित थपिएको छ ।
छिन्नमस्ता गाउँपालिकामा मात्रै संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये महिला एक जना महिला रहेका छन् । योसँगै सप्तरीमा कोरोना संक्रमितको कुल संख्या एक सय ६ पुगेको हो । राजविराज नगरपालिकामा संक्रमितको संख्या १२ पुगेको छ । कञ्चनरुप नगरपालिकामा समेत दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुलाई साईकृष्णा अस्पतालको आइसोलेसनमा राखिएको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
यसैगरी बलान बिहुल गाउँपालिकामा सोमवार एकैपटक १६ जनामा कोरोना पोजेटिभ फेला परेको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार दिएको जानकारी अनुसार पछिल्लो पटक संक्रमित थपिएसँगै बलान बिहुल गाउँपालिकामा कोरोना पोजेटिभको संख्या २७ पुगेको छ । संक्रमितहरुमा एक महिला समेत रहेका छन् । संक्रमणको पुष्टि भएकाहरुलाई क्वारेन्टाइनबाट राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा राखिएको छ ।
हालसम्मको प्राप्त विवरण अनुसार वर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।