• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विकास निर्माण कार्य अगाडि बढाउन माग

राजविराज, २७ जेठ । राजविराज विकास जनसरोकार समूहद्वारा मङ्गलवार राजविराज नगरपालिका अन्तर्गत विभिन्न सडक, नाला लगायतका अन्य भौतिक निर्माण कार्यको काम अगाडी बढाउन माग गरेका छन् ।
ठेक्का भई सम्बन्धित निर्माण व्यवसायीसंग सम्झौता भई कार्यान्वयन प्रक्रिया गतिका साथ अपेक्षाकृत काम हुन नसकिरहेको भन्दै समूहको अगुवाईमा सरोकारवाला निकायहरुलाई ज्ञापन–पत्र बुझाईएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण थप प्रभावित हुन पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाईएको राजविराज विकास जनसरोकार समूहका निरन्जन झाले जानकारी दिएका ज्ञापन–पत्र बुझाएका छन् ।
कोरोनाको प्रभाव अनिश्चित कालसम्म लम्बिने सम्भावना बढेको साथै बर्षायाम पनि आउनै लागेको कारण चुनौती थप बढ्नसक्ने खतरा रहेको ज्ञापनपत्रमा उल्लेख छ । निर्माण ब्यवसायीहरुलाई नेपाल सरकारले काम गर्न कुनै बन्देज नलगाएको कारण बर्षायाम भन्दा अगाडी नै निर्माणाधीन कार्य सम्पन्न गर्नका लागि सरोकारबाला सबैको ध्यान केन्द्रित गराउनकालागि आफुहरुले ज्ञापन पत्र बुझाएको समूहका झाले जानकारी दिएका छन् ।