• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा थप एक पिसिआर मेसिन खरिद गर्ने निर्णय

राजविराजमा थप एक पिसिआर मेसिन खरिद गर्ने निर्णय

राजविराज, २७ जेठ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले राजविराजमा समेत थप एउटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।
समितिको सोमवार सम्पन्न बैठकले पिसिआर मेसिन सञ्चालनमा रहेको जनकपुर, विरगञ्ज र राजविराजको ल्याबमा थप एक–एक ओटा मेसिन खरिद गर्ने निर्णय गरेको हो । रौतटहको गौर अस्पतालमा भने नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको जनाईएको छ । उक्त समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको मुख्यमन्त्री कार्यालयका सञ्चार सचिवाल संयोजक आतिश मिश्राले जानकारी दिएका छन् ।
प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । यसको साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाण्डौदेखि तोकिएको क्वारेन्टाइनसम्म जाँदाको खाना, खाजा आदि खर्च प्रदेश सरकारले तीर्ने निर्णय गरेको छ ।
स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिईएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनकालागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको छ ।