राजविराज, २५ जेठ । एक महिना अघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बिच एकीकरण भई निर्माण भएको जनता समाजवादी पार्टी (जसपा) आइतवार निर्वाचन आयोगमा दर्ता भएको छ ।
नेताहरुले संयुक्त रुपमा निवेदन दर्ता गराएका हुन् । आयोगमा दर्ता भए अनुसार पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । यसैगरी वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् ।
वर्तमान सरकारले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बिच वैशाख १० गते पार्टी एकताकालागि सहमती भएको थियो ।
