• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नयाँ डिएसपीको प्रतिवद्धताः कालाबजारी नियन्त्रण गर्छौं

नयाँ डिएसपीको प्रतिवद्धताः कालाबजारी नियन्त्रण गर्छौं

बृजमान तामाङ
बिरेन्द्र बजार, २५ जेठ । चार दिन अघि ईलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा सरुवा भई आएका डिएसपी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले कालाबजारी नियन्त्रण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यालय परिसरमै आईतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सिंहले बन्दाबन्दीको मौका छोपेर दैनिक उपभोग्य बस्तुमा अबाव सिर्जना गरि कालाबजारी गरेको पाईएमा कारबाही गर्ने बताए । दैनिक उपभोग्य बस्तुमा कालाबजारी गरेको जनगुनासो बढेको कुरा आएको छ ।
बजारमा अभाव सिर्जना गरि उपभोक्ता ठग्ने कार्य निरुत्साहित गर्ने पहिलो प्राथमिकतामा राखेको भन्दै बन्दाबन्दीमा नागरिकको जनजीवन सहज बनाउन स्थानीय तहसंग सहकार्य गरेर अगाडि बढ्ने डिएसपी सिंहले प्रतिवद्धता व्यक्त गरे । भेदभाव रहित प्रहरी सेवा प्रदान गर्ने बताउँदै सिंहले कसैको दवाब वा प्रभावमा नपरी गैर कानूनी कार्य गर्ने कसैले छुट नपाउने बताए ।
सामाजिक विकृतीको रुपमा झाङ्गिदै गएको लागू औषध र मादक पदार्थ सेवन तथा ओसारपसारमा कडाई गरि अबैध सामान तस्करी नियन्त्रणमा प्रहरी सक्रियता बढाउने डिएसपी सिंहले पत्रकारहरु समक्ष प्रतिवद्धता व्यक्त गरे । डिएसपी सिंहले नागरिकसँग सहकार्य गरि अपराधिक घटना हुन नदिने बताए । पत्रकार र प्रहरी एक सिक्कको दुईपाटा रहेको भन्दै डिएसपी सिंहले प्रहरीले गरेको गल्ती औंल्याई दिन आग्रह गरे ।
हात्ती आतंकबाट कसैले त्रसित हुनु नपर्ने बाताबरण सिर्जनामा कुनै कसर बाँकी नराख्ने समेत डिएसपी सिंहले प्रतिवद्धता व्यक्त गरे । डिएसपी सिंह बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालय हेटौंडाबाट चार दिन अघि सरुवा भएर आएका छन् ।