• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौध जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ

राजविराज, २५ जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतवारदेखि सञ्चालन भएको कोभिड–१९ परीक्षण प्रयोगशालामा २६ जनाको स्वाब परीक्षण गरिएकोमा १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज नगरपालिका स्थित क्वारेन्टाइनबाट २४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार अन्य स्वाब प्रक्रियामा रहेको छ । यसैगरी आइतवारै दोस्रो लटमा खडक र बोदेवर्साइन नगरपालिकामा संकलन गरिएको २५ जना र अस्पतालमै डायलायसिस गराउन आएका एक मृतक समेत गरी २६ जनाको स्वाव परीक्षणकालागि मेसिनमा राखिएको डा. दासले जानकारी दिएका छन् ।