• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दलित अगुवाहरुद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र

दलित अगुवाहरुद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र

राजविराज, २५ जेठ । रुकुम र रुपन्देही घटनाका दोषीलाई कार्वाहीको माग गर्दै संयुक्त दलित अधिकार परिषद्द्वारा आइतवार सप्तरी स्थित आधा दर्जन संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
दलित अधिकार परिषद्का अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाईएको हो । चौरजहारी नगरपालिका–८निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाँजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुन ेक्रममा यही २०७७ जेष्ठ १० गते सामुहिक हत्या गरिएको ज्ञापनपत्रमा दावी गरिएको छ ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी–८, सोती पुगेका जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथै सँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी यस हत्याकाण्डको घोर निन्दा तथा भत्र्सना गरिएको छ ।
यसैगरी रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरले बलात्कार गरेको आरोप छ । शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नुपर्ने जिम्मा लगाए । बलात्कारीकै जिम्मा दिएको अर्कोदिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत आफुहरुको गम्भिर ध्यानकषर्ण भएको भन्दै दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ ।
रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । पाश्विक अमानवीय उक्त घटनाको छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग गर्दै मृतकहरुलाई सांस्कृतिक सहीद घोषणा गर्न माग गरिएको छ ।