• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बलान बिहुल गापामा थपियो सात संक्रमित, सप्तरीमा ७७ जना कोरोना पोजेटिभ

बलान बिहुल गापामा थपियो सात संक्रमित, सप्तरीमा ७७ जना कोरोना पोजेटिभ

राजविराज, २४ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकामा शनिवार ७ जना संक्रमित भएसँगै कोरोना पोजेटिभ भएकाहरुको संख्या ७७ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार पछिल्लो पटक बलान बिहुल गाउँपालिकामा ७ जनामा कोरोना पोजेटिभ आएसँगै संक्रमित संख्या ११ पुगेको छ । हालसम्मको प्राप्त विवरण अनुसार वर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कुल ७७ जना कोरोना संक्रमितहरुमध्ये ४ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणकालागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो । हालसम्म एक हजार ८ सय ४२ जनाको स्वाब संकलन गरी परीक्षण गराईएकोमा एक हजार ३ सय ९३ जनाको रिपार्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म सप्तरीबाट एक हजार २ सय ८८ जनाको स्वाब परीक्षण भईसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिएका छन् ।