• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शम्भुनाथ नगरपालिकाले निजी जग्गा अतिक्रमण गरेको आरोप

शम्भुनाथ नगरपालिकाले निजी जग्गा अतिक्रमण गरेको आरोप

बृजमान तामाङ
बिरेन्द्र बजार, २१ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकाले आफ्नो निजी जग्गा अतिक्रमण गरि भवन निर्माण गरेको भन्दै जग्गाधनीले आरोप लगाएका छन् ।
वडा नम्बर ७ का किरण चौधरीले आफ्नो निजी जग्गामा नगरपालिकाले भवन निर्माण गरेको आरोप लगाएकी हुन् । नगरपालिकाले ३ कठ्ठा जगा अतिक्रमण गरि भवन निर्माण गरेको चौधरीको आरोप छ । भवन निर्माण भन्दा पुर्व आफ्नो निजी जग्गामा भवन नबनाउन अग्रह गर्दा जबर्जस्ती गरेको जग्गाधनी चौधरीले बताईन् ।
नगर प्रमुख सहितका सम्बन्धित निकायमा पटक–पटक भन्दा समेत सुनुवाइ नभएको चौधरीले दुःखेसो सुनाईन । नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीकहाँ गएर जग्गाको विषयमा भन्न जाँदा उल्टै हप्काएर पठाएको उनको आरोप छ ।
नगर प्रमुख योगेन्द्रको उपस्थितमा प्रहरी लगाएर आफ्नो घर समेत तोडफोड गरिदिएको दुःखेसो सुनाईन् । न्याय खोज्न उच्च अदालत जनकपुर राजविराज ईजलास पुगेको चौधरीले जानकारी दिईन् । अदालतले नगरपालिकाको नाममा परमादेश जारी गरे पनि नगरपालिकाले अदालतको समेत अवज्ञा गरेको चौधरीले बताईन ।
अदालतको अवहेलना गर्दै नगरपालिकाले भवन निर्माण कार्य सुचारु राखेको उनले जानकारी दिईन । शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गोपाल चौधरीले हाल बन्दै गरेको नगर भवन व्यक्तिगत जग्गामा परेको स्वीकार गरे । नगरपालिकालाई जग्गा प्रदान गर्ने राम प्रसाद चौधरीले जालसाझी गरि अर्काकै जग्गा देखाएका कारण समस्या आएको उनले बताए । चौधरीले नगरपालिकाको कार्यालयका लागि भन्दै २ कठा ५ धुर जग्गा प्रदान गरेका छन् ।
भवन बनिरहेको जग्गा नगरपालिकाको रहेको प्रमुख चौधरीले दाबी गरेका गरेका छन् । अतिक्रमको आरोप लगाउने ब्याक्तिलाई प्रमाण लिएर आउन समेत उनले चुनौती दिए । प्रमुख चौधरीले अदालतबाट कुनै प्रकारको प्रमादेशको जानकारी आफुलाई नआएको प्रतिक्रिया समेत दिएका छन् ।