• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको हाटीमा जग्गा विवादमा झडप हुँदा दुई दर्जन घाइते, आठ राउण्ड अश्रुँ ग्यास सेल फायर

फोटो फिचर समेत
सप्तरीको हाटीमा जग्गा विवादमा झडप हुँदा दुई दर्जन घाइते,  आठ राउण्ड अश्रुँ ग्यास सेल फायर

राजविराज, २१ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ हाटीमा स्थानीयहरु बिच बुधबार जग्गा विवादमा झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।
जग्गा विवादमा सिताराम यादव, राजेन्द्र मण्डल, सजन साह, सन्तोष यादव, मो. महबुल, योगेन्द्र यादव, मो. मालिक, नाजुक खातुन, जुवेदा खातुन, अब्दुल सतार, विरेन्द्र प्रसाद यादव, रमण साह, मो. अर्जुन, मो. नईम, मो. ताहिर, रामकुमार यादव, प्रितम यादव, विरेन्द्र यादव, इद्रिस मन्सुरी लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
आक्रोशित समूहले प्रहरीको भ्यानमाथि समेत ढुङ्गामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चार–चार राउण्ड अश्रुँ ग्यास सेल फायर गरेको छ । दुवै पक्ष बिच झडपको सम्भावना रहेकोले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
आक्रोशित समूहले घाइतेहरुलाई ओसार्नकालागि घटनास्थल पुगेको एम्बुलेन्समा समेत तोडफोड गरी क्षति पुर्याएका छन् ।