बिरेन्द्र बजार, १९ जेठ । सप्तरीको शम्भुनाथ नगपालिका विरुद्ध स्थानीयवासिन्दाहरु आक्रोशित भएका छन् ।
जनप्रतिनिधिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलित भएका छ्न । वडा नम्बर ३ का वडा अध्यक्ष शत्रुधन प्रसाद चौधरीले वडामा सञ्चालित योजनाको बजेट दुरुपयोग गर्ने नियतले अपारदर्शी रुपले उपभोक्ता समिति गठन गरेको उनीहरुको आरोप छ ।
नेपाली साहको घरदेखी कन्तलाल चौधरीको घरसम्मको आरसीसी पक्की ढलान निमार्ण कार्यको लागि बिगातका शिव कुमार चौधरीको अध्यक्षतामा गठित समितिलाई बाईपास गरि वडा अध्यक्ष चौधरीले कमिसनको चलखेलमा आफ्ना आसेपासे र नजिकका उपभोक्ता समिती गठन गरेको पुर्व सांसद दानालाल चौधरीको भनाइ छ । सोही स्थानमा नाला निर्माण, योगा भवन लगायतका योजनामा वडा अध्यक्ष चौधरीले गोप्य रुपमा मनपरी उपभोक्ता समिती बनाई बजेट दुरुपयोग गर्नु खोजेकोले भ्रष्टाचार हुन नदिन दवावकालागि आन्दोलन गर्नुपरेको स्थानीय पुर्व क्षेत्रपाल महेश चौधरीको दावी छ ।
वडा अध्यक्षको गलत क्रियाकलापले वडामा बिकास निर्माणका कार्यमा अनिमियतता रोक्न नगप्रमुख समक्ष डेलिकेशन र ज्ञापन पत्र समेत बुझाएको स्थानीय कन्तलाल चौधरीले जानकारी दिए । स्थानीयवासीद्वारा बुझाएको ज्ञापन पत्रमा बिधिसम्मत अर्को उपभोक्ता समिती गठन नगरे वडा र नगरपालिकाका कार्यालयमा तालाबन्दी गरि कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार युवा भन्दा आफ्ण्नालाई प्राथमिकता दिएको भन्दै वडा अध्यक्षको विरोध भएको छ । शम्भुनाथ नगरपालिकाकाको बालपार्कमा भौतिक संरचना निर्माणका क्रममा अध्यक्षको कार्यप्रती असन्तुष्टि जनाउदै स्थानीय युवाहरुले आईतवार उक्त कार्य रोकेका छन् । यसबारे वडा अध्यक्ष चौधरीसंग बुझ्ने प्रसास गर्दा सम्पर्क हुन सकेन ।