• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नयाँ आइसोलेसनमा कोरोना संक्रमितहरुलाई भर्ना गर्ने कार्य थालियो

नयाँ आइसोलेसनमा कोरोना संक्रमितहरुलाई भर्ना गर्ने कार्य थालियो

राजविराज, १८ जेठ । सप्तरी जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराज स्थित सार्ईकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्ने कार्य थालिएको छ ।
संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि जिल्लामा आइसोलेसनको अभाव भएको थियो । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २६ ओटा मात्र आइसोलेसन बेड रहेकोले अन्य संक्रमितहरुलाई चार दिनदेखि सम्वन्धित क्वारेन्टाइनमै राख्नुपरेको थियो ।
कोरोनाको संक्रमण देखिएकाहरुलाई आइसोलेट गर्न समस्या भएपछि राजविराज स्थित भिम दल गणका नेपाली सेनाको टोलीले तत्कालकालागि साइकृष्णा अस्पतालमा ९९ ओटा आइसोलेसन बेडको व्यवस्थापन गरेको छ । सेनाको निरन्तरको प्रयासबाट तयार भएको आइसोलन कक्षहरुमा कोरोना संक्रमितहरुलाई राख्ने क्रम आइतवारै रातीदेखि थालिएको गजेन्द्रनारायण सिंह अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार पहिलो चरणमा बोदेवर्साइन नगरपालिकाको क्वारेन्टाइनहरुमा रहेका ९ जना संक्रमितहरुलाई आइसोलेट गर्ने कार्य भएको छ । अन्य संक्रमितहरुलाई समेत ल्याएर क्रमशः साइकृष्णा हस्पिटलको आइसोलेसन कक्षमा भर्ना गरिने तयारी भईरहेको छ । उनीहरुको सुरक्षा एवम् रेखदेखकालागि नेपाली सेनाको टोली परिचालित हुने तथा उपचारकालागि चिकित्सकहरु परिचालित रहने डा. दासले बताए । यसका साथै सिसी क्यामेराको माध्यमले संक्रमितहरुको हरेक गतिविधीको निगरानी गरिने व्यवस्था मिलाईएको अस्पतालका कोभिड १९ कोरोना भाइरस व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
यसै बिच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवसहितको टोलीले आइसोलेसन कक्षहरुको निरीक्षण गरेका छन् ।