जनकपुरधाम, जेठ १८ । कोरोना भाइरस कोभिड–१९ महामारी नियन्त्रण एवम् उपचार प्रयोजनकालागि प्रदेश सरकारले अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको छ ।
कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालहरुमा पर्सा जिल्ला स्थित पोखरिया अस्पताललाई उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, कोभिड १९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुकालागि खाजा, खाना एवम् पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी जम्मा रु ३७ लाख रुपैयाँ निकासा गरेको छ । यसैगरी रौतहट जिल्ला स्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्था तर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ (छ) लाख, पीपीई र सेनिटाइजर आदि खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी जम्मा रु ५६ लाख रुपैयाँ पठाएको छ ।
सर्लाही जिल्ला स्थित मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालकालागि औषधि खरिदतर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, मेशिनरी औजार उपकरण खरिका लागि २ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ४ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । यस्तै कार्यालय सामग्री र ईन्धनका लागि १–१ लाख, सवारी साधन भाडामा लिन १ लाख, आइसोलेशन भवन मर्मत संभारका लागि १ लाख, सञ्चार महसुल २५ हजार र पानी तथा विद्युत महसुल ५० हजार गरी चालीस लाख पचहत्तर हजार रुपैयाँ पठाएको छ ।
सप्तरी भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणकालागि १ करोड ७५ लाख, फर्निचर फिक्सचर तर्फ २५ लाख, शौचालय निर्माण तर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिंग तर्फ ५ लाख गरी जम्मा रु २ करोड नब्बे लाख रुपैयाँ उपलब्ध गराएको छ । सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालकालागि औषधि एवं स्वास्थ्य सामग्री खरिदतर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरिदका लागि ५ लाख, बेड सेट एवम् फर्निचर खरिदका लागि रु ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्बाधार विकास तर्फ १० लाख गरी जम्मा रु ६५ लाख, रुपैयाँ उपलब्ध गराएको छ ।
यसैगरी सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड १९ लेभल १ अस्पताल मा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई पच्चीस लाख रुपैयाँ उपलब्ध गराएको छ । रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले यस अघि उपचार कोषबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार, कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । नारायणी अस्पताललाई विरगंजलाई खाद्यान्नको लागि २५ लाख तथा पिसिआर मेसिन सञ्चालनकोलागि ५० लाख गरि तीन करोड ९लाख, ५० हजार रकम उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेट बाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश कुमार मिश्राले जानकारी दिएका छन् ।
प्रदेश सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पतालले हालसम्म ८ करोड २३ लाख २५ हजार रकम प्राप्त गरेको छ ।