• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजगढ गाउँपालिकामा १२ कोरोना पोजेटिभ, सप्तरीमा संक्रमित संख्या ५४ पुग्यो

राजगढ गाउँपालिकामा १२ कोरोना पोजेटिभ, सप्तरीमा संक्रमित संख्या ५४ पुग्यो

राजविराज, १८ जेठ । सप्तरीको राजगढ गाउँपालिकामा १२ जनामा आइतवार कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमणको पुष्टि भएको उनीहरुको उमेर १७ देखि ४० वर्ष रहेको छ । दुई साता अघि उनीहरु भारतको राजस्थान, हरियाणा लगायतका स्थानहरुबाट आएका हुन् । संक्रमितहरु अधिकांश मजदूर रहेको कार्यालय प्रमुख यादवको भनाई छ । खुल्ला सिमाना भएर सप्तरी प्रवेश गरेका उनीहरुलाई नर्घो स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
संक्रमितहरुकालागि हाल राजविराज स्थित साईकृष्णा हस्पिटलमा नेपाली सेनाद्वारा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । डाक्नेश्वरी नगरपालिकामा संक्रमित संख्या १२ पुगेको छ । संक्रमितहरुको उमेर १८ देखि ६० वर्षसम्मका रहेका छन् ।
बोदेवर्साइन नगरपालिकामा संक्रमितको संख्या सर्वाधिक २० जना रहेको छ । उनीहरुको उमेर ४० वर्ष मुनि रहेको छ । जिल्लाको राजविराज नगरपालिकामा ४, बलान विहुल गाउँपालिकामा ३, विष्णुपुर गाउँपालिका १, खडक १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।