Top_Header_Right_Add

मन्त्री साहद्वारा भीम दल गण र पिसिआर व्यवस्थापन गर्न ७५ लाखको चेक

मन्त्री साहद्वारा भीम दल गण र पिसिआर व्यवस्थापन गर्न ७५ लाखको चेक

राजविराज, १७ जेठ । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालन हुन लागेको कोभिड १९ परीक्षण प्रयोगशालाको शनिवार निरीक्षण गरेका छन् ।
इन्जिनियरसहित प्राविधिक टोलीले जडान गरिरहेको मेसिन, कक्ष लगायत आवश्यक व्यवस्थापनबारे उनले जानकारी लिएका हुन् । मन्त्री साहलाई अस्पतालका मेडिकल सुपरिन्टेन्ट डा. चुमनलाल दासले कोभिड १९ परीक्षण प्रयोगशाला तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका छन् ।
निरीक्षण टोलीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा प्रमुखहरु सहभागी थिए । सोही अवसरमा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जिल्लाको अवस्थाबारे मन्त्री साहलाई जानकारी गराएका छन् ।
निरीक्षणका क्रममा सामाजिक विकास मन्त्री साहले आईसोलेशन सेन्टर व्यवस्थापनकालागि भिमदल गण राजविराजलाई २५ लाख र पिसिआर व्यवस्थापनकालागि गजेन्द्रनारायण सिंह अस्पताललाई ५० लाखको चेक समेत हस्तान्तरण गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer