• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ मा ४ सय ९६ कोरोना पोजेटिभ, रौतहटमा मात्रै एक सय ८२ जना

प्रदेश २ मा ४ सय ९६ कोरोना पोजेटिभ, रौतहटमा मात्रै एक सय ८२ जना

राजविराज, १६ जेठ । प्रदेश नम्वर २ का आठ ओटै जिल्ला गरी शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमै सर्वाधिक रौतहट जिल्लामा संक्रमित संख्या एक सय ८२ पुगेको छ । पर्सामा सय जना, बारामा ५३ जना, सर्लाहीमा ४५ जना, धनुषामा ४२ जना, सप्तरीमा ३४ जना, महोत्तरीमा २३ जना र सिरहामा १४ जना कोरोना संक्रमित रहेको जनाईएको छ ।
हालसम्म ११ हजार ६ सय २६ जनाको स्वाब संकलन गरिएको छ । त्यसमध्ये २ हजार एक सय ५४ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म आठ ओटै जिल्ला समेत गरी २ सय ३६ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा १८ हजार ९ सय उनानब्बे, होम क्वारेन्टाइनमा ६ हजार एक सय उनानब्बे जनालाई राखिएको छ ।
हालसम्म ६ हजार ४ सय ८९ जनाको आरडिटी टेष्ट गरिएकोमा ४० जनामा कोरोना पोजेटिभ पाईएको छ ।