• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीद्वारा विभिन्न स्थानबाट ठूलो परिमाणमा सूर्ती बरामद

प्रहरीद्वारा विभिन्न स्थानबाट ठूलो परिमाणमा सूर्ती बरामद

राजविराज, १६ जेठ । सप्तरीको विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर भित्र्याउँदै गरेको अवैध सुर्तीजन्य सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको गस्ती टोलीले भारतबाट नेपाल र नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको सामानहरु बरामद गरेको हो । हनुमानगर कंकालिनि नगरपालिका वडा नम्वर ४ गगांपुर स्थित को.२१ प.२५६० नम्वरको मोटरसाइकल. र कबिर छाप खैनी ९० पोका ईलाका प्रहरी कार्यालय भारदह सप्तरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ३२ वर्षिय अर्जुन मण्डललाई लु.५२ प.१२९९ नम्वरको मोटरसाइकल.सहित कबिर छाप खैनी ९० पोका नियन्त्रणमा लिएका छन् ।
यसैगरी छिनमस्ता गाउँपालिका वडा नम्वर २ महुवा स्थित मामाश्री नामक ३० कार्टुन रक्सी ईलाका प्रहरी कार्यालय सखडा सप्तरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–१ रुपनी स्थित स १ च १०४८ नम्वरको बोलेरो पिकअप गाडीबाट ठूलो परिमाणमा सूर्ती बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक तिलक भारती नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ९ का २३ वर्षिय विकास खड्काले लकडाउनको अवज्ञा गर्दै चामलको बोराहरुसँगै लुकाई छिपाई ल्याउदै गरेको कबिर छाप सुर्ती १० पोका र बिहार छाप सुर्ती ३० पोका बरामद गरेको छ । खड्कालाई स १च १०४८ नम्वरको गाडी सहित नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दीको उलङ्घन गरेको कसुरमा आवश्यक कारवाहीकोलागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाईएको जनाईएको छ ।