राजविराज, १६ जेठ । सप्तरीको खडक नगरपालिका वडा नम्वर ६ मा शुक्रवार स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ ।
खडक नगरपालिकाका मेयर हेमायु हकले स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् । स्वास्थ्यचौकी भवन निर्माणकालागि स्थानीय राजु चौधरीले जग्गा उपलब्ध गराएका छन् ।
निर्माण कार्यको ठेक्का स्टार लाइट कन्सट्रक्सन काठमाडौंका सन्तोष कुमार भगतले पाएको छ । शिलान्यास कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष भगवती प्रसाद चौधरी, नगरपालिकाका कर्मचारी, स्थानियबासिन्दा समेतको उपस्थिति थियो ।