राजविराज, १४ जेठ । सप्तरीमा बुधवार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १७ पुगेको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्वर १ का ४७ वर्षिय पुरुष र बोदेवर्साइन नगरपालिका वडा नम्वर–९ मा ३२ वषिय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । दुवै जना एक साता अघि भारतबाट आएका थिए । स्थानीय क्वारेन्टाइनमा रहेका उनीहरुलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।