Top_Header_Right_Add

सप्तरीमा एक सुरक्षाकर्मी समेत संक्रमित, संक्रमितहरु भारतबाट आएको पुष्टि

सप्तरीमा एक सुरक्षाकर्मी समेत संक्रमित, संक्रमितहरु भारतबाट आएको पुष्टि

राजविराज, १३ जेठ । सप्तरी जिल्लामा मङ्गलवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएकाहरुमा एक सुरक्षाकर्मी र एक किशोरी समेत रहेको छ ।
बोदे बरसाईन र सुरुङ्गा नगरपालिका तथा बलान विहुल गाउँपालिकामा गरि ११ जना नयाँ संक्रमितको पुष्टि भएको हो । संक्रमणको पुष्टि भएकाहरुमध्ये सुरुङ्गा नगरपालिका स्थित कुशहा क्वारेन्टाइनमा सुरक्षार्थ नेपाल प्रहरीका २९ वर्षिय असई रहेका छन् । यसैगरी बलान बिहुल गाउँपालिकामा दुई जना संक्रमितहरुमध्ये १७ वर्षिया भारतबाट आएकी थिईन् । अर्का संक्रममित २९ वर्षिय पुरुष रहेका छन् ।
बोदे वर्साइन नगरपालिकामा फेला परेका ८ जना संक्रमितहरुको उमेर क्रमशः २०, १८, २०, २१, ५६ र दुई जना १९ वर्षका रहेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिनुभएको जानकारी अनुसार संक्रमितहरुमध्ये एक सुरक्षाकर्मी बाहेक सबै भारतको विभिन्न स्थानहरुबाट खुल्ला सिमानाकाबाट लुकिछिपी एक साता अघि सप्तरी प्रवेश गरेका थिए । उनीहरु सबै जना भारतमा काम गर्ने मजदूर हुन् ।
भारत सरकारले सञ्चालन गरेको रेल लगायतका यातायातका साधनहरुबाट सिमाक्षेत्र हुँदै सप्तरी भित्रिएको जनाईएको छ । स्थानीय क्वारेन्टाइनहरुमा रहेका उनीहरुलाई राजविराज स्थित गजेन्द्रनाराययण अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
यद्यपी हावाहुरीसँगैको वर्षाका कारण मङ्गलवार राती ८.३० बजेसम्म राजविराज आईपुगेको छैन । अस्पतालको आइसोलेसन कक्षमा कुल १८ ओटा बेड रहेको छ । डा. दासका अनुसार यस अघि फेला परेका चार जनालाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ । द्रूत गतिमा संक्रमितहरुको संख्या बढ्दै गएकोले अस्पतालमा आइसोलसन बेडको संख्या थप्ने तयारी थालिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer