• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जग्गा विवादमा कुटपीटबाट एक जनाको मृत्यु

राजविराज, ११ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–९ मा जग्गा सम्वन्धी बिवादमा आइतवार एक जनाको मृत्यु भएको छ ।
छिमेकीको कुटपीटबाट स्थानीय ५० वर्षिय सुकदेव मण्डलको मृत्यु भएको हो । जग्गा–जमिनको विषयमा छिमेकीसँग विवाद भई कुटपीट हुँदा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार गराए पश्चात थप उपचारकोलागि न्युरो अस्पताल बिराटनगरतर्फ लगिएकोमा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । उनका अनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।